सिमरा मालपोतका कार्यालय प्रमुख बिवाह भोजमा मस्ती गर्दै, सेवा ग्राहीलाई भयो सास्ती

जीतपुर :-  मालपोत कार्यालय सिमरामा बिहिवार ५ जना कर्मचारी नआएपछि सेवाग्राही सेवा लिनबाट बञ्चित भएका छन् । बिहान १० बजे मालपोतमा काम गराउन कार्यालय पुगेका सेवा ग्राहीहरुले कार्यालयमा कर्मचारी नपाएपछि सेवा लिनबाट बञ्चीत भएका हुन् ।

मालपोत कार्यालय सिमरामा बिहिवार बिहान ५ जना कर्मचारी कार्यालय बाहिर थिए । कार्यालयमा कर्मचारी कम भएको पाइएपछि सेवा लिन आएका एक जना सेवा ग्राहीले जील्ला प्रशासन बारामा खबर गरे । बाराका प्रमुख जील्ला अधिकारी फणिन्द्रमणि पोखरेललाई मालपोतमा कर्मचारी नआएको सुचना जानकारी गराए लगतै प्रमुख जील्ला अधिकारी पोखरेलको निर्देशनमा ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्णप्रसाद गौरेले कार्यालयमै आएर त्यहाँको बस्तु स्थिती बुझेका थिए ।

कार्यालयमा कर्मचारी नपाएपछि एकछिन मालपोतमा बसि सेवालाई सहज बनाने प्रयास गरेका ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख गौरेले मालपोत प्रमुख आचार्यसंग कुराकानि गरेर सेवा सुचारु गराउनु भनि बाहिरिए । तर पनि लामो समयसम्म कार्यालयको काम सुचारु हुन नसकेको सेवा ग्राही अमनको भनाई छ ।

यता कार्यालयमा बुझदा साथी राजुको बिवाह भोजका लागि कार्यालय प्रमुख आचार्य सहित अन्य दुईजना गएको पाइएको थियो । करिब १ बजे हेटौडाबाट साथीको जन्तिभोज खाएर आचार्य बाहेक आएका दुई जना कर्मचारी सहित काम शुरु भएपछि काममा सेवा ग्राहिले केहि सहजता पाएका थिए ।

कार्यालय आएका रमानन्द चौधरीको घरमा उनका भाईको आकश्मीक मृत्यु भएका कारण उनि घर जानुपरेको, राजु गौतमको बिवाह भएका कारण उनिपनि बिदामा रहेको र कार्यालय प्रमुख यादबराज आचार्यसहित अन्य ३ जना कर्मचारी कार्यालयमा उपस्थित नरहेको पाइएको ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख गौरेले जानकारी दिए ।

यता कार्यालयमा २÷२ जना कर्मचारी बिदामा हुदाँ हुदैँ थप २ जना कर्मचारीलाई साथमा लिएर सेवाग्राहीको चिन्ता बिना जन्ति हिडेका कार्यालय प्रमुख आचार्यको नेतृत्व प्रति यहाँका स्थानियहरुले प्रश्न उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस