नेपाली राष्ट्रिय ध्वजावाहक पानीजहाज विदेशी समुद्रमा

काठमाडौं । तेस्रो मुलुकसँग व्यापार तथा पारवाहनमा पुहँच विस्तार गर्न नेपालको राष्ट्रिय झन्डासहितको पानीजहाज संचालन गर्न भारतसँग सहमति भएको छ ।

राजधानीमा बुधबार सम्पन्न नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन द्विपक्षीय बैठकमा यस्तो सहमति भएको हो ।

नेपाली झन्डासहितको पानीजहाज संचालनपछि आयातनिर्यातमा नेपालको पहिचान झल्किने विश्वास गरिएको छ ।

नेपालको पारवहनका लागि आन्तरिक जलमार्ग उपयोग गर्न नेपाल–भारत पारवहन सन्धि ‘प्रोटोकल’ मा जलमार्ग एव बहुविधिक रुट ढुवानी प्रक्रिया र व्यवस्था तथा भन्सार सहजीकरण सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस