कुमाख रेष्टुरेन्टमा पाइन्छ स्वास्थ्यबद्धर्क ‘कटिया’ परिकार

बाँके । नेपालगन्जको पुष्पलाल चोकदेखि तीन सय मिटर पूर्व न्यूरोड सडकस्थित कुमाख रेष्टुरेन्टले आफ्ना ग्राहकलाई नयाँ स्वादको परिकार खुवाउने गरेको छ । उसले बाँकेमै पहिलो पटक स्वास्थ्यबद्र्धक ‘कटिया’ को परिकार पस्किदै आएको छ ।

‘नेपाली पन, नेपाली मन’ को परिकार पस्कदै आएको कुमाख रेष्टुरेन्टले अर्गानिक परिकार ग्राहकलाई खुवाउँदै आएको संचालक दशरथ चन्दले बताए । उनले ग्राहकको स्वास्थ्यलाई मध्यनजर गरि नेपाली पनका अर्गानिक परिकारको ब्यवस्था गरिएको बताए । ‘पैँसा कमाउनेमात्र हाम्रो उद्देश्य होइन, हामीले ग्राहकको स्वास्थ्यलाई समेत मध्यनजर गरि स्वास्थ्यबद्र्धक र अर्गानिक परिकार खुवाउँछौँ,’ उनले भने ।

उनले बाँकेमा आफ्नो रेष्टुरेन्टले मात्र स्वास्थ्यवद्र्धक ‘कटिया’ खुवाउँदै आएको जिकिर गरे । कटिया बनाउन लागत धेरै लागे पनि घाटा खाएर ग्राहकलाई नयाँ स्वादको परिकार दिँदै आएको चन्दले बताए । ‘अरुभन्दा फरक पन दिनुपर्छ भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने ।

ग्राहकको सुविधाका लागि कुमाख रेष्टुरेन्टले चार वटा मिनी मिटिङ हलसमेत बनाएको छ । एउटा हलमा १५–२० जना अट्ने क्षमता भएको संचालक चन्दको भनाई छ । ‘बर्थ डे पार्टी, मिटिङ र तालिम संचालन गर्न चाहनेका लागि शोफासहितका बातानुकुलित मिनी मिटिङ हलको ब्यवस्था गरिएको छ,’ उनले भने ।
शान्त वातावरण भएको उक्त रेष्टुरेन्टले अर्डर अनुसारका परिकार घरमै पुर्याउने ब्यवस्था समेत मिलाएको छ । ‘यसका अलावा उक्त रेष्टुरेन्टले इण्डियन, चाइनिज खाना तथा नास्ताका परिकारका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने कटिया खाने ब्यवस्था पनि छ,’ उनले भने ।

के हो कटिया ?

कटिया एक किसिमको मासुजन्य परिकार हो । यो परिकार माटोको भाँडोमा पकाइन्छ । र, रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने विभिन्न थरिका बस्तु यसमा मिसाइएको हुन्छ ।
यसमा यार्सागुम्बा, शिलाजित, गुर्जो, हिंग लगायत ३३ प्रकारका जडिबुटी मसला मिसाएर कोइलाको आगोमा माटोको भाँडोमा पकाएर बनाउने गरेको उनले बताए । ‘कटियामा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने विभिन्न थरिका बस्तुमात्र राखिदैन । यो शतप्रतिशत अर्गानिक पनि छ,’ चन्दले भने, ‘यो खाए स्वास्थ्यमा कुनै किसिमको हानी गर्दैन ।’
कुमाख रेष्टुरेन्टले ग्राहकको माग बमोजिम चिकन कटिया, अष्ट्रिच कटिया, मटन कटिया, मटिया पुलाउ खुवाउने गरेको छ । ‘हामीले ग्राहकलाई सर्वोपरि ठानेर उहाँहरुको माग बमाजिमको परिकार खाने ब्यवस्था मिलाउँछौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस