राजपुरमा एकीकृत घुम्ती स्वास्थ शिबिर संचालन

राजपुर गाउपालिकामा नाका स्तरिय नि:शुल्क एकीकृत घुम्ती स्वास्थ शिबिर संचालन आएको गरिएको छ । आफ्नो पालिका क्षेत्र भित्र स्वास्थ्यमा पहुँच पुर्याउने उदेश्यले पालिकाको अति बिकट क्षेत्र मानिने पटौलि नाका बाट ४ दिने सिबिर कार्यक्रमको समुद्द्घाटन गरिएको हो । सम्पुर्ण नाका क्षेत्र लाई समेटने लक्ष्य सहित सुरु गरिएको स्वास्थ सिबिर पौष ७ गते वडा नम्बर ६ को खाङ्रा नाका , पौष ८ गते वडा नम्बर ७ को भैसाही नाका र पौष ९ गते वडा नम्बर ७ कै भौवा नाकामा सन्चालन भै समापन गरिने स्वास्थ्य संयोजक कमल रोकायले बताए । करिब १००० जना लाई स्वास्थ सेवा प्रदान गर्न लक्ष्य सहित संचालित स्वास्थ सिबिरको समुद्द्घाटन वडा नम्बर १ को पटौली नाकामा पौष ६ गते गाउपालिकाका अध्यक्ष लोक राज के.सि ले गरे । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ का स्त्रीरोग विशेषज्ञ डा आस्था आचार्य , Via पाठ्यघर निरीक्षक डा. रमा पराजुली , डा. अरबिन्द पोखरेल , आयुर्वेदिक कबिराज प्रभा भट्टराई र सन्तोष भण्डारी , राजपुर स्वास्थ शाखाका कमल बहादुर रोकाया, खिम रावत , भानु चौधरी , कविता पौडेल लगायत १४ जना स्वास्थकर्मीको रहनु भएको छ । ४ दिन सम्म संचालन हुने घुम्ती स्वास्थ शिबिरमा गापा उपाध्यक्ष धनपती देबि यादव , प्रमुख प्रशासकिय अधिकृत चन्द्र कान्त पौडेल , लेखा अधिकृत भरत मनि पोखरेल लगायत वडा नम्बर १,६ र ७ का वडा अध्यक्षहरुको समेत सहभागीत रहने छ ।