दोलखा सदरमुकाम चरिकोटमा गभ्भीर घाइते अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ ।। चरिकोट चरिध्याङमा रहेको पानोरोमा रिसोर्ट परिसरमा शनिबार विहान करिब १० वजेतिर गम्भीर घाइते अवस्थामा भेटिएका भीमेश्वर नगरपालिका वडा नं ४ निवासी २० वर्षका पवन वस्नेतको मृत भएको हो ।आज विहान १० वजे पानोरोमा रिसोर्टका एक कर्मचारीले वस्नेतलाई गम्भीर अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । खवर पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेर घाइतेलाई प्रस्तावित चरिकोट अस्पताल पु¥याइएको थियो । तर अस्पतालले पवनलाई मृत्यु घोषणा गरेको प्रहरी नायव उपरीक्षक मान वहादुर राईले जानकारी दिनुभयो ।
बाँया हात काटिएको छ भने शरीरका विभिन्न भागमा गहिरो चोट भएको अवस्थामा आज विहान १० वजे पानोरोमा रिसोर्टकै एक कर्मचारीले देखिपछि प्रहरीलाई खवर गरेका थिए । बाँया हातमा गहिरो चोट र शरीरका सवै अङगमा चोट भएका कारण वस्नेतको मृत्यु कुटपिट र हतियार प्रयोगबाट भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
पानोरोमा रिसोर्टको एकान्तमा रहेको कटेज वरिपरि रगतका टाटा र मृतकका कपडा यत्रतत्र छरिएका छन् । शरीरमा भएका सवै कपडा खोलेर निवस्त्र वनाएको अवस्थामा प्रहरीले फेला पारेको वताएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।